झविन्द्र पाैडेल र शान्तिश्री परियारको स्वरमा ‘छल्दी र पनाह’(भिडियोसहित)
२४ माघ, काठमाडाैँ । ‘छल्दी र पनाह’ शीर्षकको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लोक–आधुनिक स्वादमा तयार गरिएको यस गीतमा गायक झविन्द्र पौडेल र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिन्छ । गीतको शब्द तथा संगीत बिमलराज क्षेत्रीले तयार पारेका हुन् भने संगीत संयोजन बीबी आनुरागीले गरेका छन् ।
रेकर्डिङ कमल थापा र गोविन्द अनेकले गरेका छन् भने मिक्सिङ–मास्टेरिङ श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको रेकर्डिङ प्रिज्मा स्टुडियोमा गरिएको निर्माण पक्षले जनाएको छ ।
म्युजिक भिडियोमा कलाकार सुनिल क्षेत्री र करिश्मा शाहीको अभिनय रहेको छ । मेकअप आर्टिस्टका रूपमा सबिना र अनिमेशको योगदान रहेको छ । छायांकन राजेश घिमिरे र नवराज उप्रेतीले गरेका छन् भने कोरियोग्राफी एबी/रितेशले गरेका छन् । भिडियोको सम्पादन तथा कलर अमृत चापागाईंले गरेका छन् ।
सुनिल क्षेत्रीकै अवधारणा तथा निर्देशनमा तयार गरिएको ‘छल्दी र पनाह’ म्युजिक भिडियोले समसामयिक कथा र भावनालाई दृश्यात्मक रूपमा प्रस्तुत गरेको निर्माण टिमको भनाइ छ । सार्वजनिक भएसँगै गीत तथा भिडियोले दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।
भिडियो विमलराज क्षेत्रीको युट्युब प्लेटफर्ममा हेर्न र सुन्न सकिन्छ ।
प्रकाशित मिति : २४ माघ २०८२, शनिबार १६:४४








