क्यानका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न सर्वोच्चले गर्यो अस्वीकार
२३ माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले अधिकारीलाई धरौटीमा छाड्न अस्वीकार गरेको हो । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश गरेको थियो।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १८:०८








