२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दै जय अम्बे स्टिल्स

२३ माघ, काठमाडौं। जय अम्बे स्टिल्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १४ गते ललितपुरमा रहेको होटल हिमालयमा बिहान साढे ११ बजे सभा बोलाएको हो ।

सभामा सर्वसाधारणमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने र आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय लिने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १७:५४