सेयरधनीलाई लाभांशको जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन नेप्सेको निर्देशन
२३ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयरधनीलाई लाभांशको जानकारी पठाउँदा विवरण स्पष्ट खुलाउन निर्देशन दिएकाे छ । नेप्सेले सूचीकृत सम्पूर्ण कम्पनी र सेयर रजिष्ट्रारलाई लाभ (लाभांश वा ब्याजदर) वितरण गर्दा विवरण स्पष्ट खुलाउन निर्देशन दिएको हाे।
नेप्सेले सेयरधनीलाई इमेल, एसएमएसलगायत माध्यमबाट जानकारी पठाउँदा स्टक सिम्बोल, आर्थिक वर्ष र लाभांश दर वा ब्याजदर प्रतिशत अनिवार्य रूपमा उल्लेख गर्न भनेको छ। ऋणपत्र वा डिबेञ्चरको हकमा ब्याजदर स्पष्ट खुलाएर मात्र पठाउन निर्देशन दिएको हो ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १७:१८








