प्रलोपाले रुपन्देही-३ का उम्मेदवारलाई पार्टीबाट गर्यो निष्कासन
२३ माघ, काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीको साधारण सदस्य समेत नरहने पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उहाँलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गर्नुभएकाे छ ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १६:५०








