दुर्गा प्रसाईं पक्राउ
२३ माघ, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी दीपकराज अवस्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १३:५८








