वरिष्ठ अर्थशास्त्री मीना आचार्यको निधन
२३ माघ, काठमाडौं । वरिष्ठ अर्थशास्त्री डा. मीना आचार्यको निधन भएको छ । आचार्यको बिहीबार साँझ निधन भएको हो । ‘स्टाटस अफ वुमन इन नेपाल’ का अनुसन्धानकर्ता एवं लेखकसमेत रहनुभएकी आचार्यले महिला अधिकारकर्मीका रूपमा पनि भूमिका निर्वाह गर्नुभएकाे थियाे । आचार्यले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकारको भूमिकामा पनि काम गर्नुभएकाे थियाे ।
आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ११:३७








