धितोपत्र बजारसम्बन्धी लेख/रचना पठाउन बोर्डको आग्रह
२३ माघ, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफ्नो ३४ औँ वार्षिकोत्सवको अवसरमा ‘नेपाल धितोपत्र बोर्ड ३४ औँ वार्षिकोत्सव लेख विशेषाङ्क–२०८३’ प्रकाशन गर्ने भएको छ।
बोर्डले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख/रचना पठाउन सबैमा आह्वान गरेको हो ।
बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले जारी गरेको सूचना अनुसार, यस विशेषाङ्कमा प्रकाशित हुन चाहने मौलिक लेख/रचनाहरू नेपाली वा अंग्रेजी भाषामा कम्तीमा २५०० शब्दको हुनुपर्नेछ। लेखहरू एआई प्रयोग नगरी तयार गरिएका, अन्यत्र प्रकाशित नभएका र प्रकाशनका लागि पठाइएको नभएका हुनुपर्ने शर्त पनि राखिएको छ।
लेख/रचना बुझाउने अन्तिम मिति २०८३ बैशाख १५ गते तोकिएको छ। इच्छुक लेखकहरूले आफ्नो रचना [email protected] मा पठाउन सक्नेछन्। प्रकाशन गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा बोर्डको अधिकार हुने जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ११:२१








