आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
२३ माघ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला २ लाख ९१ हजार रुपैयाँमा कायम भएकाे छ । अघिल्लो दिन भने छापावाल सुन प्रतिताेला २ लाख ९५ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियो । यस्तै आज चाँदीको भाउ पनि ताेलामा २७० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १०:४५








