नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन
२३ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कम्पनीकाे ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदै प्रतिकित्ता ६३५.८३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६५४.९० रुपैयाँ थियो ।
साेही मूल्यकाे आधारमा आगामी आइतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार १०:२०








