२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

एशियन लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो

२३ माघ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

याे अवधिमा कम्पनीकाे खुद बीमाशुल्क आर्जन ११.४० प्रतिशतले वृद्धि भई ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म यो रकम ४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो। कम्पनीको कुल आम्दानी ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च ५ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ।

५ अर्ब ११ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको शेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ती कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ०९:५८