१९५.७४ प्रतिशतले बढ्यो पञ्चकन्या माई हाइड्रोपावरको नाफा, प्रतिसेयर आम्दानी कति ?
२३ माघ, काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको सञ्चालन खर्च ५.२६ प्रतिशत बढेको छ भने प्रशासनिक तथा अन्य खर्च १२.७५ प्रतिशत घटेको छ।
१ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १६ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १० पैसा बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८९ गुणा रहेको छ।
प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार ०९:२०








