सानिमा बैंकको एटिएम र मोबाइल बैंकिङ्ग अवरुद्ध हुने
२२ माघ, काठमाडौँ । सानिमा बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ्गलगायत पस, इ–कम सेवा अवरुद्ध हुने जनाएको हो ।
बैंकको सो सेवाहरू माघ २३ गते र माघ २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुने जनाइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १२:१७







