२२ माघ २०८२, बिहीबार | Thu Feb 5 2026

कहिलेसम्म कायम सेयरधनीले पाउँछन बुद्ध भूमीको हकप्रद सेयरमा आवेदन दिन ?

२२ माघ, काठमाडौं । बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले बूक क्लोजको मिति तय गरेको छ । नेपाल धितोपत्र बोर्डले माघ २१ गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति दिएको थियो ।

हकप्रद निष्काशनको अनुमति पाएसँगै कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १ गते बूक क्लोज गर्ने निर्णय गरेको हो । यसकाे अर्थ माघ २९ गतेसम्म नेप्सेमा काराेबार भइ कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयर खरीद गर्न पाउनेछन् ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार ११:३८