कहिलेसम्म कायम सेयरधनीले पाउँछन् नेको इन्सुरेन्सको लाभांश ?
२२ माघ, काठमाडौं। नेको इन्सुरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २५ गते बुक क्लोज गर्दैछ ।
यसको अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीले घोषणा गरेको लाभांश पाउन र साधारण सभामा सहभागी हुन सक्नेछन् ।
माघ २३ गते शुक्रबार र २४ गते शनिबार परेकाले सेयर बजार बन्द रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई चुक्तापूँजीको ३ प्रतिशत बोनस सेयर र १२.७८९४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार ११:२७







