सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
२२ माघ, काठमाडाैं । स्थानिय बजारमा सुनको मूल्य फेरि ३ लाख मुनि आइपुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको कारोबार २ लाख ९५ हजार २ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ यस दिन ६२० रुपैयाँले घट्दै प्रतितोला ४९८० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार ११:०४








