८०.३० प्रतिशत बढ्यो डिप्रोक्स लघुवित्तको नाफा, वितरणयोग्य मुनाफा पनि उल्लेख्य बढ्यो
२२ माघ, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८०.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
याे अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी ६.६७ प्रतिशतले बढेर १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, याे अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा ८५ करोड ४१ लाख रुपैयाँबाट बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेकाे छ । पुस मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ८५ करोड ३८ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९१ रुपैयाँ ४१ पैसा रहेको छ।
१ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २ अर्ब २६ करोड ३० लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले २२ अर्ब ४२ करोड ९३ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २५ अर्ब ४५ करोड २९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा बढेर ४७ रुपैयाँ ४१ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १७.४२ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १३ पैसा रहेको छ।
प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार १०:४८







