१४ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026

होटल फरेष्ट इनको आईपीओमा आजदेखि आवेदन दिन सकिने

२२ माघ,काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज (माघ २२ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेकाे छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

अब भने कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ३३ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३३ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते हुनेछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : February 5, 2026 at 9:40 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/