२३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

सानिमा बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न अनुमति

२२ माघ, काठमाडाैं। सानिमा बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैकले ‘८.२५% सानिमा अविमोच्य सञ्चिति अग्राधिकार सेयर’ जारी गर्न अनुमति पाएको हाे । बोर्डले बैंकलाई रु. १०० अंकित दरका २ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न माघ २१ गते अनुमति दिएको हो ।

बैंकले यो अग्राधिकार सेयर परिपत्र विधिबाट जारी गर्नेछ । यसमा लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्। यसको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २२ माघ २०८२, बिहीबार ०९:३०