आईसीएफसी फाइनान्सलाई ऋणपत्र निष्कासन गर्न बोर्डले दियो अनुमति
२१ माघ, काठमाडौं। आईसीएफसी फाइनान्स लिमिटेडले ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । कम्पनीले ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ नामक ऋणपत्र जारी गर्न बोर्डबाट अनुमति पाएको हो । ७ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।
कम्पनीले प्रति कित्ता रु.१ हजार अंकित दरका कुल ५ लाख इकाई निष्कासन गर्नेछ । जसमध्ये २ लाख कित्ता सर्वसाधारणका लागि र ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १८:०५







