प्रधानमन्त्रीसँग श्रीलङ्काका राजदूतबीच शिष्टाचार भेट
२१ माघ, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि श्रीलङ्काकी नवनियुक्त राजदूत रुवान्थी डेल्पिटियाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा उहाँहरूबीच द्विपक्षीय हितका विविध विषयहरूमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्रीले नवनियुक्त राजदूतलाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १७:४४







