नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
२१ माघ, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज गरिमा विकास बैंक र सुपर मादी हाईड्रोको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा गरिमा विकास बैंकको ६ प्रतिशत बोनस सेयरबापतकाे ३४ लाख ८ हजार ३१० कित्ता र सुपर मादी हाईड्रोको ५ प्रतिशत बोनस सेयरबापतकाे ११ लाख २ हजार ५ सय कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १६:२०







