२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२१ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा बन्द भएको छ । बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन ४ कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कालिञ्चोक दर्शन लिमिटेड, सुपरमाइ हाइड्रोपावर, सुपरमादी हाइडेपावर र आँखुखोला जलविद्युत कम्पनीको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १५:१८