२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आँखुखोलासहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२१ माघ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से १.६४ अंकले घटेर २६८१.५० को बिन्दुमा बन्द भएको छ । बुधबार ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ८० करोड रुपैयाँकाे काराेबार भएकाे हाे । त्यस्तै, यस दिन एसवाई प्यानलको ६० करोड ३० लाख रुपैयाँ, राधि विद्युत कम्पनीको २६ करोड २५ लाख रुपैयाँ, श्रीनगर एग्रोटेकको २५ करोड रुपैयाँ र बन्दीपुर केबलकारको २० करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १५:१४