ललितपुरबाट १ लाख ७३ हजारसहित जुवा खेल्ने ९ जना पक्राउ
२१ माघ, ललितपुर । ललितपुर महानगरपालिका-१७ बाफल भेल्पास्थित लमजुङ बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले संचालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशु समेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १४:१४







