२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२१ माघ, पर्सा । बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १४:०९