सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो तोलाको ?
२१ माघ, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । योसँगै सुनको मूल्यले पुनः ३ लाखको आँकडा पार परेको छ ।
अघिल्लो दिन छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २१ माघ २०८२, बुधबार १०:५०







