तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा
२० माघ, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिराहाका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्रप्रसाद यादवसहित १० जनाविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।
यादवसहित तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादवविरूद्ध मुद्दा दायर भएकाे हाे । उनीहरूविरूद्ध अख्तियारले जनही फरक फरक बिगो माग दाबी गरेको छ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १७:४४







