२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

१२.५८ अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्यो

२० माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १२.५८ अंकले घटेर २६८३.१५ को बिन्दुमा बन्द भएको छ । मंगलबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५९ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । यस दिन कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सो कम्पनीको सेयर मूल्य यस दिन ८१ रुपैयाँ बढेर ८९१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस दिन सान्भि इनर्जी र पियोर इनर्जीको सेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १५:२०