२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

एसवाई प्यानलसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

२० माघ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १२.५८ अंकले घटेर २६८३.१५ को बिन्दुमा बन्द भएको छ । मंगलबार ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो । आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ५९ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको हो । साथै, आँखुखोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ, युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँ, पिपल्स पावरको २५ करोड ७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १५:१५