पशुपति भेन्चरले आईपीओ निष्कासन गर्ने
२० माघ, काठमाडाैं । पशुपति भेन्चर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ । कमपनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन ११ गते काठमाडाैंकाे धुम्बाराहीमा रहेको धुम्र बराह भेन्यूमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सर्वसाधारणलाई कम्पनीको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
कम्पनीले यसअघि आईपीओ निष्कासन प्रयोजनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १२:००







