प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
२० माघ, काठमाडौँ । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त हुनुभएकाे छ । माघ २० गते बसेको बैंककाे सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ जिम्मेवारी दिने निर्णय गरेको हो ।
उहाँलाई माघ २० गते देखिनै लागू हुनेगरी सीईओको जिम्मेवारी दिइएको हो । उहाँको कार्यकाल ४ वर्षको हुनेछ । यसअघिका बैंकका सीईओ अशोक शेरचनले राजीनामा दिनुभएकाे थिए । उहाँको राजीनामा माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार ११:००







