फेरि बढ्न थाल्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
२० माघ, काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । स्थानिय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १३५ रुपैयाँले बढ्दै ५ हजार ३३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १०:५२







