२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

८३ प्रतिशतले बढ्याे आरम्भ चौतारी लघुवित्तको नाफामा, प्रतिसेयर आम्दानी कति ?

२० माघ, काठमाडाैं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा  ८३.०७ प्रतिशतले बढी हाे । गत आवको यही अवधिमा भने कम्पन्काे नाफा ३ करोड २६ लाख रुपैयाँ मात्र रहेको थियो।

यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। याे अवधिमा कम्पनीले २१ करोड ९२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.५२ प्रतिशतले बढी हो ।  त्यस्तै, शुल्क तथा कमिशन आम्दानी २ करोड ३० लाख रुपैयाँबाट बढेर ३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

संस्थाको कुल सञ्चालन आम्दानी २६ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ८ करोड ५६ लाख रुपैयाँ रहेको छ। कम्पनीकाे वितरणयोग्य मुनाफा ५ करोड ४१ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, यस अवधिमा संस्थाको खराब कर्जा अनुपात भने बढेको देखिन्छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.९१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.२० प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी ३२.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६९.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.७६ गुणा रहेकाे छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार १०:३९