२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

१०० रुपैयाँमै सिटिजन्स बैंकको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२० माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि दुईजना संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख १८ हजार ८७२ कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलवार ०९:३७