कालिञ्चोक हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति
१९ माघ, काठमाडाैं। नेपाल धितोपत्र बोर्डले कालिञ्चोक हाईड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न माघ १९ गते अनुमति दिएको हो ।
याेसँगै अब कम्पनीले १३ करोड ७५ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १७:३८







