बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रो पटक स्पष्टीकरण
१९ माघ, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
आयोगले आइतबार दोस्रोपटक बालेनलाई स्पष्टीकरण सोधेको हाे । सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १७:२५







