१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

३ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

१९ माघ, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । आज नेप्से १.५३ अंकले बढेर २६९५.७३ को बिन्दुमा बन्द भएको छ । यस दिन ११४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३४ कम्पनीको मूल्य घटेको छ  । १३ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

आज ३३० कम्पनीको १ करोड ७५ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २२ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज  एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार उर्जा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १५:१३