१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

नेपाल राष्ट्र बैंकले पाँच अर्बको रिपो बोलकबोल गर्ने

२३ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैङ्कले आज एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र टे«जरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ ।

बिहीबार बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार १९:५६