त्रिभुवन विमानस्थलबाट घुससहित ३ जना पक्राउ
१९ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित ३ जना घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेसहित तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ । अख्तियारले वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र संचार तथा सूचना प्रविधि मन्त्रालय, हुलाक सेवा बिभाग गोश्वरा हुलाक कार्यालय, पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई पक्राउ गरेको हो ।
अख्तियारले उनीहरुसँगबाट कुल दुई लाख ६८ हजार २८८ नगद तथा बिभिन्न व्यक्तिहरुबाट २३ थान मोबाइल नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १४:२४







