१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

हिमालयन लघुवित्तको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति ?

१९ माघ, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.६६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएकाे थियो ।

समीक्षा अवधिसम्म कम्पनीकाे खुद ब्याज आम्दानी २८.९६ प्रतिशतले बढ्दै १९ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म कम्पनीले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत २ करोड १ लाख रुपैयाँ कमाएकाे छ । समीक्षा अवधिसम्म कम्पनीकाे खुद सञ्चालन आम्दानी १९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीकाे खराब कर्जा अनुपात ५.६२ प्रतिशतबाट बढेर ८.५८ प्रतिशत पुगेको छ । याे अवधिमा कम्पनीकाे वितरणयोग्य मुनाफा ३ करोड ५६ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीकाे लाभांश क्षमता १६.१४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीकाे प्रतिसेयर आम्दानी २६.२४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३३.८५ गुणा र प्रतिसेयर नेटवर्थ १४२.२२ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार ११:५६