१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

आज पनि सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ काराेबार ?

१९ माघ, काठमाडौं। स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ समेत ३ सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला ५ हजार २ सयमा कारोबार भएको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १०:५५