२३.८३ प्रतिशतले बढ्याे मेरोमाइक्रोफाइनान्स लघुवित्तको नाफा
१९ माघ, काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.८३ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ७ करोड ९५ लाख खुद नाफा आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७.५४ प्रतिशतले बढेर ५४ करोड ४५ लाख रुपैयाँ पुगेकाे छ। संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि ४ करोड २१ लाखबाट बढेर ४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ५१ करोड ८२ लाख र सञ्चालन खर्च ३७ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ७.७८ प्रतिशतबाट बढेर १९.५४ प्रतिशत पुगेको छ । ४ अर्ब २४ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको संस्थाले १४ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । वितरणयोग्य मुनाफा १४ करोड ७३ लाख रुपैयाँ रहेको छ भने लाभांश क्षमता १०.३९ प्रतिशत रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १५५.७८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५२.६५ गुणा रहेकाे छ ।
प्रकाशित मिति : १९ माघ २०८२, सोमबार १०:४७







