३ असार २०८३, बुधबार | Wed Jun 17 2026

लाभांश पारित गर्न एशियन लाइफ इन्स्योरेन्सले बाेलायाे साधारण सभा

१९ माघ, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश पारितको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको हो । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ११ गते बाराको सिमरामा रहेको होटल क्लासिकमा दिउँसो १ बजे १८ औं वार्षिक साधारण सभा बाेलाएकाे हाे ।

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.५२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै बोनस सेयर वितरणपश्चातको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहित गत आर्थिक वर्षकै लेखापरीक्षण प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सो सम्बन्धी संलग्न अनुसूचीहरू उपर छलफल गरी पारित गर्नेछ।

त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, बोनस शेयर वितरण पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृति दिने, कम्पनीको प्रबन्धपत्रमा समयानुकूल आवश्यकता अनुरूप उद्देश्य थप तथा संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ माघ २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : February 2, 2026 at 10:37 am