अमेरिका जान +2 को नक्कली प्रमाणपत्र बनाउने नुवाकोटका दुईसहित सात पक्राउ
१८ माघ, काठमाडौँ । अमेरिका जान +2 को नक्कली प्रमाणपत्र बनाउने नुवाकोटका दुईसहित सात पक्राउ परेका छन । म्याग्दीको किरणसिंह ठकुरीको अमेरिका जाने प्रयोजनका लागि +2 को नक्कली प्रमाणपत्र बनाएको अभियोगमा प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले सिंहसहित सात जनालाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा अन्यमा पर्वतको अनिल शर्मा, काठमाडौँका लक्ष्मण बस्नेत र दीपा लावती, नुवाकोट ककनीका केशव फ्यूाँल र तादीका विष्णु पाण्डे र गुल्मीका शोभाकर खनाल रहेका छन ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार २१:३०







