१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

जगदम्बा मोटर्सद्वारा ‘TVS संग सुनको सगुन’ विशेष अफर सार्वजनिक

१८ माघ, काठमाडाैं। नेपालमा TVS मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनीले आफ्नो नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘TVS संग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ। यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै, ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।

यस विशेष अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण क्षणहरू—नयाँ परिवार, नयाँघर, र नयाँ यात्रासँग TVS लाई विश्वासयोग्य साझेदारको रूपमा प्रस्तुत गर्नु हो। सुनको दीर्घकालीन मूल्य र TVS सवारी साधनको विश्वसनीयता जोडेर, जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको कम्पनीको भनाई छ ।

अफर विशेषता:

अफर अवधिमा TVS बाइक वा स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद, फाइनान्स वा एक्सचेन्ज—सबै खरिद माध्यममा निम्न लाभ लिन सक्नेछन्:

दैनिक सुनको सिक्का — प्रत्येक दिन सुनको सिक्का जित्ने अवसर

१ लाख रुपैयाँसम्मको क्यास छुट — खरिदलाई अझ सहज र आकर्षक बनाउने विशेष छुट

सबै मोडलमा एक्सचेन्ज सुविधा — जुनसुकै मोडल साटेर नयाँ TVS सवारी लिन सकिने

सजिलो फाइनान्स सुविधा — नागरिकता वा ड्राइभिङ लाइसेन्समार्फत फाइनान्स उपलब्ध

सबै TVS मोडलमा लाइफटाइम वारेन्टी

अफर अवधि

‘TVS संगसुनको सगुन’ विशेष अफर ४५ दिनसम्म, १८ माघदेखि ३ चैत्रसम्म, नेपालभरका सबै आधिकारिक TVS शोरुमहरूमा लागू हुनेछ।

जगदम्बा मोटर्सका मोटर्सका उपाध्यक्ष दीपक रौनियार अफरबारे प्रतिक्रिया दिँदै भने, ‘यो विशेष अफर नयाँ सुरुवातको उत्सव हो। हामी ग्राहकलाई केवल सवारी मात्र होइन, दीर्घकालीन मूल्य र विश्वासको अनुभूति दिन चाहन्छौं।’

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १७:४४