१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

१८ माघ, काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेल सहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।

आयोगले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १६:०७