१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

माधव नेपालको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

१८ माघ, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत गरी ९३ जना प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।

पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतबार साक्षी बुझ्ने आदेश दिएको हो। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकारी साक्षी झिकाउने आदेश दिएको हो ।

अख्तियारले पतञ्जलि योगपीठ जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर गत जेठ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले ०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गर्ने गरी भएको निर्णयमा अख्तियारले भ्रष्टाचार दाबी गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १५:५८