पत्रकार दिनेश सिटौलाको निधन
१८ माघ, काठमाडौं । पत्रकार दिनेश सिटौलाको निधन भएको छ । आइतबार मध्यान्ह १२:४५ बजे उनको निधन भएको ग्राण्डी अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न Apnea परीक्षण गरियो जुन पोजेटिभ थियो, जसले स्वत: श्वासप्रश्वास नभएको जनाउँछ । र उहाँको १२:४५ बजे निधन भएको जानकारी गराउँछौं ।’ अस्पतालबाट जारी विज्ञप्तिमा भनिएकाे छ ।
अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला उनी एक्कासी बेहोस भएका थिए । त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत हुन्।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १३:५१







