१८ माघ २०८२, आईतवार | Sun Feb 1 2026

सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै शैलेश्वरी पावर

१८ माघ, काठमाडाैं। शैलेश्वरी पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएकाे छ ।  कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी फागुन १० गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओबाट प्राप्त रकम उपयोगका बारेमा निर्णय लिने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै, सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने तथा उक्त अवधिको वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव पनि पारित हुनेछ ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार १०:१५